जर्मन क्लब फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि
काठमाडाैं | जेठ ५, २०७९
एजेन्सी: युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।
निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फ्रान्कफर्टले ४२ बर्षपछि युरोपा लिग उपाधि जित्यो । निर्धारित समयमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो ।
५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सको उत्साह जगाउनुभयो । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसपछि निर्धाीरत ९० मिनेट र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकर फ्रान्कफर्टले बाजी मार्न सफल भयो । टाइब्रेकरमा फ्रान्कफर्टका क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफेल सान्तोसले गोल गर्नुभयो ।
रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्नुभयो । आरोन राम्सेको प्रहार विफल बनेको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

